Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

जनसरोकारका विषयमा कांग्रेसको ध्यानाकर्षण

डेक्स

डेक्स

जनसरोकारका विषयमा कांग्रेसको ध्यानाकर्षण
ADVERTISEMENT

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले जनसरोकारका विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । जनसरोकारका सवालहरु समेटेर कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई आज ज्ञापनपत्र बुझाएको हो ।

पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । मल र बीउको अभाव, चर्को महंगी, कालोबजारी, असारे विकास, विपत पूर्व तयारी, अनियमित विद्युत लगायतका विषयहरु समेटेर ज्ञापनपत्र बुझाइएको कार्यबहाक सभापति अधिकारीले बताए ।

ज्ञापनपत्रमा किसानलाई समयमै मल र बीउ उपलब्ध गराउनुपर्ने, विपत ९बाढीपहिरो० नियन्त्रण गर्न प्रभावकारी पूर्व तयारी गर्नुपर्ने, देश चरम आर्थिक मन्दीको चपेटामा गुज्रिरहेको समयमा उपभोग्य बस्तुको अत्याधिक मूल्य बृद्धि भई आफ्नो दैनिक जीवनयापनमा समेत कठिनाई भइरहेको हुँदा मूल्य नियन्त्रणका साथै कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गर्नुपर्ने, राज्यका विभिन्न निकायबाट हुने विकास निर्माणका कार्यहरु असारे विकासका नाममा गुणस्तरहिन हुने हुँदा प्रभावकारी अनुगमनका साथै गुणस्तर परीक्षण गर्नुपर्ने र अनियमित विद्युतका कारण जनताको दैनिकीमा समेत प्रभाव परिरहेको हुँदा नियमित विद्युत उपलब्ध गराउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बुँदाहरु समेटिएका छन् ।

“हामी जनताका समस्यामा आँखा चिम्लेर कदापि बस्न सक्दैनौं, त्यसैले जनसरोकारका सवालहरु लिएर प्रशासनसमक्ष आएका छौं, जनताका समस्यामा राज्य र राज्यका निकायहरु गम्भीर बन्नुपर्दछ,“ ज्ञापनपत्र बुझाएपछि कार्यबहाक सभापति अधिकारीले भने–“जनताका सुखदुःख, पीरमर्का, दैनिक समस्या र विषम परिस्थितिहरुमा हामी जनतासंग संगसंगै छौं ।“

प्रमुख जिल्ला अधिकारी आचार्यले कांग्रेसले बस्तुपरक र समयसान्दर्भिक सवालहरुको उठान गरेको भन्दै समाधानार्थ उचित पहल र अग्रसरता लिने बताए । उनले यी समस्याहरुमा सम्बन्धित पक्षसंग समन्वय गरी समाधानका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरे ।

ज्ञापनपत्र बुझाउन उपसभापति कृष्णबहादुर कार्की, सहसचिव रेणुसिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी, नेतृ उमा थापा मगर लगायत नेताहरु जिल्ला प्रशासन पुगेका थिए ।


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…