Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

जनसरोकारका विषयमा कांग्रेसको ध्यानाकर्षण

डेक्स

डेक्स

जनसरोकारका विषयमा कांग्रेसको ध्यानाकर्षण
ADVERTISEMENT

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले जनसरोकारका विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । जनसरोकारका सवालहरु समेटेर कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई आज ज्ञापनपत्र बुझाएको हो ।

पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । मल र बीउको अभाव, चर्को महंगी, कालोबजारी, असारे विकास, विपत पूर्व तयारी, अनियमित विद्युत लगायतका विषयहरु समेटेर ज्ञापनपत्र बुझाइएको कार्यबहाक सभापति अधिकारीले बताए ।

ज्ञापनपत्रमा किसानलाई समयमै मल र बीउ उपलब्ध गराउनुपर्ने, विपत ९बाढीपहिरो० नियन्त्रण गर्न प्रभावकारी पूर्व तयारी गर्नुपर्ने, देश चरम आर्थिक मन्दीको चपेटामा गुज्रिरहेको समयमा उपभोग्य बस्तुको अत्याधिक मूल्य बृद्धि भई आफ्नो दैनिक जीवनयापनमा समेत कठिनाई भइरहेको हुँदा मूल्य नियन्त्रणका साथै कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गर्नुपर्ने, राज्यका विभिन्न निकायबाट हुने विकास निर्माणका कार्यहरु असारे विकासका नाममा गुणस्तरहिन हुने हुँदा प्रभावकारी अनुगमनका साथै गुणस्तर परीक्षण गर्नुपर्ने र अनियमित विद्युतका कारण जनताको दैनिकीमा समेत प्रभाव परिरहेको हुँदा नियमित विद्युत उपलब्ध गराउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बुँदाहरु समेटिएका छन् ।

“हामी जनताका समस्यामा आँखा चिम्लेर कदापि बस्न सक्दैनौं, त्यसैले जनसरोकारका सवालहरु लिएर प्रशासनसमक्ष आएका छौं, जनताका समस्यामा राज्य र राज्यका निकायहरु गम्भीर बन्नुपर्दछ,“ ज्ञापनपत्र बुझाएपछि कार्यबहाक सभापति अधिकारीले भने–“जनताका सुखदुःख, पीरमर्का, दैनिक समस्या र विषम परिस्थितिहरुमा हामी जनतासंग संगसंगै छौं ।“

प्रमुख जिल्ला अधिकारी आचार्यले कांग्रेसले बस्तुपरक र समयसान्दर्भिक सवालहरुको उठान गरेको भन्दै समाधानार्थ उचित पहल र अग्रसरता लिने बताए । उनले यी समस्याहरुमा सम्बन्धित पक्षसंग समन्वय गरी समाधानका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरे ।

ज्ञापनपत्र बुझाउन उपसभापति कृष्णबहादुर कार्की, सहसचिव रेणुसिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी, नेतृ उमा थापा मगर लगायत नेताहरु जिल्ला प्रशासन पुगेका थिए ।


 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…