Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यक्रम

डेक्स

डेक्स

प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जादैहुनुहुन्छ । 

प्रचण्ड नेतृत्वको टोली  दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नुहुनेछ । 


भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५ मा पत्रकार सम्मेलन गर्ने बताइएको छ । 

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छन् । प्रचण्डसहितका अतिथिहरुलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ ।


सो होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि भोलि ९जेठ १८ गते० बिहान  साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जानुहुनेछ । त्यहाँ पुष्पहार अर्पण गरेपछि हैदरावाद हाउसमा फर्किनुहुने छ। 

नेपाल र भारतबाट सार्वजनिक गरिएको प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिकामा भारतका विपक्षी लगायत दलका अन्य नेताहरुसँग भेट्ने कि नभेट्ने भन्ने उल्लेख छैन ।
हैदरावाद हाउसमा बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रचण्ड र मोदीबीच आधा घण्टा भेट्ने समय छुट्याइएको छ ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

सोही दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन ।

सोही दिन प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन् ।  उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० र भारतीय उद्योग परिसंघ ९सीआईआई० ले संयुक्तरुपमा आयोजना गरेको नेपाल(भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ ।

नेपाल र भारतबाट सार्वजनिक गरिएको प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिकामा भारतका विपक्षी लगायत दलका अन्य नेताहरुसँग भेट्ने कि नभेट्ने भन्ने उल्लेख छैन ।

भ्रमणको तेस्रो दिन शुक्रबार ९जेठ १९ गते० प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानेछन् । चौथो दिन ९जेठ २० गते० शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन् । सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उहाँ काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, प्रचण्डकी छोरी गंगा दाहाललगायत छन् ।

 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …