Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

लुम्विनीमा सरकारको  समर्थन फिर्ता लिदै चार दल

डेक्स

डेक्स

लुम्विनीमा सरकारको  समर्थन फिर्ता लिदै चार दल
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रसहितका दलले एमाले नेतृतवको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजावादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक गृहकार्य थालेका हुन् ।

गत पुुस २७ गते नेकपा माओवादी केन्द्रसहित नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा एमालेको नेतृत्वमा सरकार बनेको थियो । पाँच दल र स्वतन्त्र सासदहरुको समर्थनमा लुम्बिनी प्रदेश सरकारको मुुख्यमन्त्री लीला गिरीले माघ ५ विश्वासका मत पाएका थिए ।

सरकार गठनका लागि समर्थन दिएका दलहरुले समर्थन फिर्ता लिने तयारीसँगै लुम्विनी प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ । समर्थन फिर्तासँगै लुम्विनी प्रदेशमा नयाँ सरकार गठनको छलफल सुरु हुुन थालेको छ । माओवादी केन्द्रका लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुुसार लुम्विनी प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलहरु बाहिरिने तयारीमा रहेको जानकारी दिनुभयो । 

एमाले र राप्रपा बाहेकका दलबीच आन्तरिक छलफल समेत भइरहेको उहाँको भनाइ छ । उहाँले  सरकारको कसको नेतृत्वमा जाने भन्ने बिषय टुुङ्ग्याउन मात्रै बाँकी छ । आज दलहरुले सरकारबाट बाहिरीने र कसको नेतृत्वमा नयाँ सरकारमा जाने बिषय टुुङ्ग्याउने बरालले बताउनुभयो । 

बिहीबार नेपाली कांग्रेस, माओवादी केन्द्र , नागरिक उन्मुुक्ति, जसपा, लोपसा र स्वतन्त्र सासंदहरुबीच छलफल हुन लागेको छ । लुम्बिनी प्रदेशका ८७ सांसद मध्ये सरकार गठनका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री लीला गिरीले एमाले २९ , माओवादी केन्द्र ९, नागरिक उन्मुक्ति ४, राप्रपा ४, लोसपा ३, जसपा ३ र स्वतन्त्र सांसद ३ गरी ५५ जना सासंदको समर्थन पाएका थिए । अब मुख्यमन्त्री गिरीले एमाले र राप्रपाका गरी ३३ सांसदले मात्र साथ पाउने देखिन्छ । 

माओवादी केन्द्रले समर्थन फिर्ता लिन ढिलाइ गरेका कारण सरकार समर्थित दलहरुको तयारीले चाँडै पूर्णता पाउन नसकेको नागरिक उन्मुुक्ति पार्टीका प्रमुुख सचेत राजकुुमार चौधरीले रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रो तयारी अलि पहिलेदेखि हो । तर माओवादी केन्द्रले पख्नुस् भन्दा अहिलेसम्म लम्बिएको हो । ’ 

माओवादी केन्द्रले सरकारभित्र रहेको दलहरु एकैसाथ बाहिरिने तयारीका साथ अन्य दलहरुलाई रोकेको उनले बताए । यसबारे निर्णय लिने आज  दिउँसो  माओवादी संसदीय दलको बैठक बस्दैछ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…