नेपालगञ्ज ११ पुष । बाकेको जानकी गाउपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउपालिकाको आर्थिक सहयोगमा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरिय ५ औ अध्यक्ष कप प्रतियोगिता सञ्चालन हुने भएको हो । यही माघ १९ गतेदखि २१ सम्म जानकी गाउपालिका वडा नम्वर ३ स्थित श्री नेपाल राष्ट्रिय प्रा वि मानपुरमा सो प्रतियोगिता हुने छ । प्रतियोगितामा भलिवल , कबड्डी तथा एथलेटिक्स ९ ट्रयाक तर्फ १०० मि, २०० मि , ४०० मि , ८०० मि ,१५०० मि , ३००० मि दौड हुनेछन । त्यसै गरेर रिले र हाईजम्प , लङजम्प , त्रिपलजम्प ,ज्याभलिङ थ्रो समेत हुने भएको छ ।
१५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरिय ५ औं अध्यक्ष कप प्रतियोगितामा शिल्ड प्रथम हुने विजेता विद्यालयलाई नगद पुरस्कार स्वरुप रु २५ हजार , द्वितियलाई रु १५ हजार र तृतिय हुनेलाई रु १० हजार पुरस्कार दिने मङ्गलवार बसेको बैठकले सर्वसम्मत निर्णय गरेको छ ।
बैठक जानकी गाउपालिका अध्यक्ष छब्बन खाँको सयोजकत्जकत्वमा बसेको हो । बैठकमा पालिका उपाध्यक्ष रामप्यारी यादव , गाउपालिका अध्यक्ष छब्बन खाको स्वकिय सचिव शोहराव ईद्रिसी , प्रशासकिय अधिकृत शिहराज डाङ्गी, वडा नम्वर १ का वडा अध्यक्ष मो रज्जा राई , २ का चन्द्रिका प्रसाद गुप्ता , ३ का राज कुमार कुर्मी , ४ का रमेश कुमार वर्मा , ५ का टिकानाथ यादव , ६ का जगदिश प्रसाद हरिजन , कार्यपालिका सदस्य कान्ती कान्दु , निर्मला हरिजन र कार्यपालिका सदस्य तथा सामाजिक विकास शिक्षा युवा तथा खेलकुद सम्योजक राम आचल धोवी तथा शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत कृष्णा कुमारी भण्डारी का साथै शिक्षक शिक्षिकाको समेत उपस्थिती रहेको थियो ।