Pairabi logo

माघ १९, २०७९, बिहीबार                    

नेपथ्य टोली नेपालगञ्जमा

डेक्स

डेक्स

नेपथ्य टोली नेपालगञ्जमा
ADVERTISEMENT

नेपालगञ्ज, २६ मंसीर । नेपालगञ्जमा मंसीर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टका लागि नेप्थ्य व्याण्डसहितको टोली नेपालगञ्ज आइपुगेको छ । 
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानव सेवा आश्रमले नेपालगञ्ज रंगशालामा गर्न लागेको मानवताका लागि सांगीतिक यात्रा कन्सर्टका लागि टोली सोमबार साँझ यहाँ आइपुगेको हो ।  नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङ, किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोली रहेको छ । नेपथ्य लाईभ कन्सर्ट मूल समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, दानवीर एवं जग्गादाता जैकेश सिंह, आश्रमकी केन्द्रीय सदस्य सीर्जना ओली लगायतको टीमले टोलीलाई खाँदा र रुद्राक्षमालासहित स्वागत गरेको थियो ।  
सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । गायक गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नु हुनेछ ।  
कन्सर्टका लागि टिकट विक्रीसँगै अन्य तयारी पनि तिव्र पारिएको संयोजक श्रेष्ठले जानकारी दिनु भयो । भोलीदेखि मञ्च व्यवस्थापन लगायतको कार्य अगाढी बढाइने सुरक्षा तथा समारोेह स्थल व्यवस्थापन समितिका संयोजक जयनारायण शाहले जानकारी दिनुभयो । 
आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ । 
दानवीर एवं समाजसेवी जैकेश र सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नं. ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया शुरु हुन लागेको छ । सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १० मा घर भाडामा लिई सेवा सञ्चालन गरिरहेको छ । 
 

ताजा

सबै

बाँकेमा सुरु भयो चैते धानको उत्पादन

नेपलागञ्ज । दुई वर्षदेखि बाँकेका किसानहरूले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधान…

बैजनाथलाई कृषि पर्यटनमा विकास गरिदै

नेपालगञ्ज । बाँकेको दुई मुख्य स्थानलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा विकास विकास गर्न …

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेट

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज …

सम्पादक मिश्रालाई मातृशोक

नेपालगञ्ज । पैरवी अनलाईनका सम्पादक राकेश मिश्रलाई मातृशोक परेको छ । उहाँकी ७१ बर्षी…

लोकप्रिय

सबै

गौतम बुद्ध सामुदायिक वनमा नया नेतृत्व

शिवा शर्मा बर्दिया १४ माघ । बर्दिया गुलरिया नगरपालिका वडा न. १ कमलपुरस्थित गौतम बुद्…

बर्दियामा तोरी उत्पादनमा बृद्धि

शिवा शर्मा बर्दिया १५ माघ । बर्दियामा यस वर्ष १० प्रतिशत बढी तोरी उत्पादन भएको छ । जि…

विरामीलाई फलफुल वितरण तथा तस्वीर प्रदान

शिवा शर्मा बर्दिया १४ माघ । मित्र राष्ट्र भारतको ७४ र्औ गणतन्त्र दिवसकोे अवसरमा बर्दिया …

सम्पादक मिश्रालाई मातृशोक

नेपालगञ्ज । पैरवी अनलाईनका सम्पादक राकेश मिश्रलाई मातृशोक परेको छ । उहाँकी ७१ बर्षी…

यो पनि

नेपालगञ्जमा नेपथ्यको न्यानो, दर्शक रमाए

नेपालगञ्जमा नेपथ्यको न्यानो, दर्शक रमाए

नेपालगन्ज १ पुस ।दिउँसो अबेलामात्र घाम देखिएको नेपालगन्जमा बेलुकीको चिसो बढ्दै गएको…

नेपथ्य टोली नेपालगञ्जमा

नेपथ्य टोली नेपालगञ्जमा

नेपालगञ्ज, २६ मंसीर । नेपालगञ्जमा मंसीर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टका लागि नेप्थ्य…

सत्यमोहनले इच्छाएको चक्रसंवर

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ छिटो पूरा गरेर देखाउने । मौलि…

महाकवि मोतीराम भट्टको जीवनी

महाकवि मोतीराम भट्टको जीवनी

कुशे औंसीका दिन जन्मेका कवि मोतीराम भट्टकाे जन्मजयन्तीआज विभिन्न कार्यक्रम गरी मनाइँदै…